विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख नाघ्यो

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख नाघ्यो
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख नाघेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार, विश्वका २१३ मुलक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५३ लाख ३ हजार ९९२ मध्ये २१ लाख ५८ हजार ५६२ जना निको भएका छन् ।

बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ ।

एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ ।

१८ लाख ६८ हजार १६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६७४ जनाको मृत्यु भएको छ । ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् ।