काठमाडौंमा १ सहित थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौंमा १ सहित थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । शनिबार विहान काठमाडौंका एक जनासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, काठमाडौं, कपिलवस्तु, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।
योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
मन्त्रालयका अनुसार, सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् ।
रुपन्देहीमा ८ जना, बारा, चितवन र काठमाडौं जिल्लामा पनि एक एक जना संक्रमित भेटिएका छन् ।