रूपन्देहीका ७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलासा

रूपन्देहीका ७ जना कोरोना संक्रमित भारतबाटै आएको खुलासा
शनिबार, जेष्ठ १०, २०७७

रूपन्देही – रुपन्देहीको गैडहवा गाँउपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका सात जना पनि भारतबाटै आएको खुलेको छ ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा  सङ्क्रमण पुष्टि भएका उनीहरू सबै भारतको मुम्बइ र दिल्लीबाट आएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए ।

यसअघि उक्त गाउँपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।