बैतडी, सुर्खेतसहितका जिल्लामा ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ८४

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

बैतडी, सुर्खेतसहितका जिल्लामा ६८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ सय ८४
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । नेपालमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । सुर्खेत, बैतडी लगाएतका जिल्लामा पछिल्लो संक्रमण देखिएको हो । यसअघि कोरोनामुक्त रहेको कर्णाली प्रदेशमा पछिल्लो ३ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ । नेपालमा आज ३६ जना थप संक्रमित भेटिएसँगै संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कअनुसार आज दिउँसो बैतडीका ४ जना, बाँकेका २७ जना, बर्दियाका १ जनासहित ३६ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार ५ सय ५ जना पुरुष र ७९ जना महिला रहेका छन् ।

यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।