एमसीसीका बारेमा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक शुरू

एमसीसीका बारेमा छलफल गर्न बोलाइएको नेकपा सचिवालय बैठक शुरू
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) का विषयमा छलफल गर्न भन्दै बोलाइएको नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरू भएको छ ।

केहीबेरअघि शुरू भएको सचिवालय बैठकमा नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता भीम रावललाई समेतलाइ बोलाइएको छ ।

नेकपाका अनुसार एमसीसी, सरकारले जेठ १५ गते ल्याउने बजेटका बारेमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सचिवालयका नेताहरुलाई वालुवाटारमा बोलाइएको हो ।

नेकपाले एमसीसीका बारेमा अध्ययन गर्न गठन गरेको कार्यदलमा सदस्य रहेका मन्त्री ज्ञवाली र नेता रावललाई सचिवालय बैठकमै बोलाएर छलफल गर्न लागिएको हो ।