थप ९ जना कोरोना संक्रमित निको, निको हुनेको संख्या ७९ पुग्यो

थप ९ जना कोरोना संक्रमित निको, निको हुनेको संख्या ७९ पुग्यो
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ९ जना कोरोना संक्रमित निको भएका  छन् । उनीहरुको पछिल्लो दुई वटा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय नागरिक रहेको हाम्रा संवादाता नरेश शर्राफले जानकारी दिएका छन् ।

शनिबार ९ जना डिस्चार्ज भएसँगै कोरोााबाट निको हुनेको संख्या ७९ पुगेको छ । अब नारायणी अस्पतालमा ६२ जना उपचाररत छन् ।