कालीगण्डकीमा बेपत्ता एम्बुलेन्स चालकको शव फेला

कालीगण्डकीमा बेपत्ता एम्बुलेन्स चालकको शव फेला
शनिबार, जेष्ठ १०, २०७७

म्याग्दी । कालीगण्डकी नदिमा एम्बुलेन्स दुर्घटना हुँदा बेपत्ता चालकको शव फेला परेको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोटमा कालीगण्डकीमा खसेको लेते प्राथमिक स्वास्थ्य केन्द्र मुस्ताङको ग १ झ ३११ नम्बरको एम्बुलेन्स चालकको फेला परेको हो ।

मुस्ताङको थासाङ गाउँपालिका–४ का २१ वर्षीय चालक सुजन विश्वकर्माको शव छ दिनपछि जलजला गाउँपालिका–८ फर्सेस्थित कालीगण्डकी किनारमा भेटिएपछि पोष्टमार्टम पश्चात शनिबार आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।