दोस्रो संक्रमित फेला परेपछि सप्तरीमा लकडाउनमा कडाई

दोस्रो संक्रमित फेला परेपछि सप्तरीमा लकडाउनमा कडाई
शनिबार, जेष्ठ १०, २०७७

एमके माझी ,सप्तरी । सप्तरीमा दोस्रो संक्रमित फेला परेपछि लकडाउनमा कडाई गरिएको छ ।

दोस्रो संक्रमितको शुक्रवार स्वाब परिक्षणको नतिजा पोजेटिभ आए पछि अहिले गजेन्द्र नारायण सिहं अस्पतालको आइसोलेसनमा राखिएको छ ।

उनी ९ दिन अघि नेपाल आएका थिए । उनको सम्पर्कमा आएका परिवारका अन्य सदस्यहरुको स्वाब संकलन गरी परिक्षणका लागी धरान स्थित बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनिया लाल यादवले जानकारी दिए ।

यस अधि गत बैशाख २९ गते डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षिाय युवामा पनि कोराना सक्रमण भएको पुष्टि भएको थियो ।

थप एक जनामा कोरोना सक्रमण देखिए पछि बलान विहुल गाउँपालिका वडा न.–४ सिल गरीएको छ । लकडाउन समेत थप कडा पारिएको छ ।