सिमामा अलपत्र धादिङ र नुवाकोटका २१८ जनाको उद्धार

सिमामा अलपत्र धादिङ र नुवाकोटका २१८ जनाको उद्धार
शनिबार, जेष्ठ १०, २०७७

गोमा थापा,धादिङ । लकडाउनका कारण नेपाल र भारतको सिमामा पर्ने भैरहवामा अलपत्र परेका धादिङ र नुवाकोटका नागरिकलाई उद्धार गरी धादिङबेसी पु¥याइएको छ ।

भारतका विभिन्न शहरमा रोजीरोटीका लागि पुगेका उनीहरु लकडाउन शुरुभएपछि भैरहवा आइपुगेर अलपत्र परेका थिए । कलकारखाना र उद्योग सबै बन्दभएर रोजीरोटी गुमेपछि उनीहरु भोकभोकै हिँडेर भैरहवासम्म आइपुगेका थिए ।

धादिङबेसी आइपुग्नेमा एकसय ५३ जनामध्ये २० जना नुवाकोट र बाँकी धादिङका विभिन्नस्थानका नागरिक छन् । नीलकण्ठ नगरपालिकाले तीनवटा बस पठाई भैरहवाबाट ८४ जना नागरिकलाई उद्धार गरि धादिङबेसी ल्याएको हो ।

यसैगरि भारतको नयाँदिल्लीबाट आफैं बस रिर्जभ गरेर ६९ जना पनि धादिङबेसी आइपुगेका छन् । आफैं बस रिर्जभ गरेर आउनेहरुलाई नगरपालिकाले नीलकण्ठ माध्यमिक विद्यालयमा स्थापना गरेको क्वारेन्टिनमा राखेको छ ।

सिमाको क्वारेन्टिनमा बसेर आरडिटी परिक्षण गरि आएकाजति सबैलाई सम्बन्धीत पालिका र वडाको जिम्मा लगाएर घर फर्काइएको छ भने आरडिटी परिक्षण नगरिएकालाई क्वारेन्टिनमा राखिएको छ ।

नीलकण्ठ नगरपालिकाले यस अघिपनि भैरहवाबाट अलपत्र परेकाहरुलाई धादिङबेसी ल्याएर केहि दिन क्वारेन्टिनमा राखेपछि घर फर्काएको थियो । नगरपालिकाले यसअघि नै लकडाउन प्रभावितहरुको लागि सहयोग गर्ने र जोकोही नगरबासी कोभिड–१९ बाट संक्रमित भए त्यसको सबै खर्च नगरपालिकाले ब्यहोर्ने घोषण गरिसकेको छ ।