नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल

नेकपा सचिवालय बैठकमा एमसीसीबारे छलफल
शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेट, संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव र मिलेनियन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनाबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा संविधान संशोधनको गृहकार्य, हालै जारी गरिएको नयाँ नक्सापछिको राजनीतिक अवस्था, आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटलगायत सममायिक विषयमा छलफल भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् । बैठकमा एमसीसी अध्ययन कार्यदलका तर्फबाट पार्टीका स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आ आफ्ना भनाइ राखेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।