भारतीय क्‍वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु

भारतीय क्‍वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु
शनिबार, जेष्ठ १०, २०७७

रुपन्देही । भारतीय क्‍वारेन्टाइनमा रहेका एक नेपालीको आज मृत्यु भएको छ। भारतीय बजार नौतनवाको क्‍वारेन्टाइनमा रहेका एक नेपालीको मृत्यु भएको हो ।

रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका –२ का ३४ वर्षीया पुरुषको नौतनवास्थित राजीव गान्धी कलेजको क्‍वारेन्टाइनमा आज बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ।

मृतकको कोरोना परीक्षण गरेर पोजेटिभ पुष्टि भए भारतमै अन्त्येष्टी गरिने र नेगेटिभ रिपोर्ट आए नेपाल ल्याएर आफन्तलाई शव बुझाइने प्रहरी जानकारी दिएको छ ।