कर्णली प्रदेशका मुख्यमन्त्री शाहीले गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता

कर्णली प्रदेशका मुख्यमन्त्री शाहीले गरे आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता
आइतवार, जेष्ठ ११, २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालयका लागि आवश्यक रहेको भन्दै आफ्नो सुरक्षामा खटिएका प्रहरी फिर्ता गरेका हुन् ।
कोरोनाभाइरस (कोभिड(१९) को महामारीका समयमा सुरक्षाकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफ्नो सुरक्षामा खटिइएका प्रहरीलाई फिर्ता पठाएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
उनले ८ जना प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए । दुई जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक र ५ जना जवानलाई मुख्यमन्त्रीले जिल्ला प्रहरी कार्यालयमा पठाएको उनको भनाई छ ।