गल्ती स्वीकार्दै नायीका वर्षा राउतले मागिन माफि, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’

गल्ती स्वीकार्दै नायीका वर्षा राउतले मागिन माफि, ‘बोल्दै जाँदा जिब्रो चिप्लियो’
आइतवार, जेष्ठ ११, २०७७

काठमाडाैं  । लिम्पियाधुरासहित नेपालको अद्यावधिक नक्सा सार्वजनिक भएपछि राजनीतिज्ञ, कलाकार र सर्वसाधारणले प्रतिक्रिया दिइरहेका छन् । यसै क्रममा अभिनेत्री वर्षा राउत पनि आफ्नो बयानका कारण विवादमा तानिएकी थिइन् ।

नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भएको थियो । तर अहिले उनले माफी माग्दै आउँदा दिनमा यस्तो गल्ती नगर्ने बताएकी छिन् ।

उनले आफू अलि भावुक स्वभावको रहेको र बोल्दै जाँदा जिब्रो चिप्लिएको प्रतिक्रिया दिएकी छिन् । उनको यो भनाइको चौतर्फी विवादपछि उनले सामाजिक सञ्जालमा माफी माग्दै यस्तो लेखेकी छिन् ।