नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ६०३ पुग्यो

नुवाकोटसहितका जिल्लामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ६०३ पुग्यो
आइतवार, जेष्ठ ११, २०७७

काठमाडौं । नेपालमा थप १९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै संक्रमितहरुको संख्या ६०३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार एकै दिन आज १९ जना संक्रमित थपिएका हुन्। जस अनुसार पर्सा, नुवाकोट, रुपन्देही, बारा, कपिलवस्तुमा नयाँ संक्रमित भेटिएका छन्।

त्यसैगरी गुल्मीको मदानेमा पनि एकजना संक्रमित भेटिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेकाे संख्या ८७ पुगेको छ।