कृषकको लाखौ बराबरको गोलभेडा खेतमै कुहिँदै

कृषकको लाखौ बराबरको गोलभेडा खेतमै कुहिँदै
आइतवार, जेष्ठ ११, २०७७

मधु पौडेल
बाँके । पछिल्लो समय बाँके जिल्लाको जानक गाउँपालिका– ३ का किसानले उत्पादन गरेको लाखौ बराबरको गोलभेडा खेती खेतमै सड्न लागेको छ । देशमा जारी लकडाउनले गर्दा गोलभेडा लगायतका तरकारीहरु बजारसम्म पु¥याउन नपाएपछि कृषकहरुको तरकारी खेतमै खेर जाने निश्चित भएको हो ।

त्यसोत, देशमा एकातिर कोरोनाको त्रासले मानिसहरुलाई मनोबैज्ञानिकरुपमा सताएको छ भने आफूले उत्पादन गरेको कृषिउपजसमेत नपाउँदा किसानहरु थप समस्यामा छन् । बाँकेको जानकी गाउँपालिका–३ का किसानहरुले लगाएको गोलभेडाले उचित बजार नपाउँदा खेतबारी मै कुहियर नष्ट हुन थालेको छ ।

देशमा जारी लकडाउनमा कृषकहरुले उत्पादन गरेको तरकारी व्यवस्थापनका लागि स्थानीयस्तरमा योजना बन्न नसक्दा कृषकहरु मर्कामा परेका छन् । कृषकहरुले उत्पादन गरेको कृषि उपजहरु विक्रीका लागि तरकारी बजारहरु बन्द हुँदा नगदेबाली गोलभेडा खेतमै कहिन थालेको हो ।

लकडाउनले गर्दा कृषकहरुले कृर्षी उत्पादनमा प्रयोग हुने सामान्य औजार समेत नपाउने अवस्था आएको छ । किसानहरु श्रम र पैसा लगानी गरेर लगाएको बाली खेतमै खेर जादाँसमेत कुनैपनि तहका सरकारको नजर नपरेको भन्दै कृषक हजरत अली बागवान गुनासो गर्छन् ।

जानकी गाउँपाकिला वडा नम्बर–३ मा अहिले करिव आठविघामा तरकारी खेती गरिदै आएको छ । बाँके प्रशासनले अत्याश्वक खाद्यन्न विक्री वितरणका लागि भने निश्चित समय तोकि दिएको छ । यसरी जिल्ला प्रशासन बाँकले तोकेको समय कृषक अनुकुल नभएको हुदाँ आफुहरुले उत्पादन गरेको तरकारी, बजारसम्म पु¥याउन नपाउँदा तरकारी खेतबारी मै कुहिएर गएको कृषकहरु बताउँछन ।

कृषकले उत्पादन गरेको लाखौ बराबरको गोलभेडा भिन्डी, लौका, करेला, वोडी, फर्सी लगायतको तरकारी खेतमै खेर जान थालेपछि त्यहीका स्थानियहरु आफुलाई चाहिने तरकारी किन्नका लागि कृषकहरुको खेतमा आउने गरेको छन । कृषकहरुले कडा मेहिनेतका साथ उब्जाउ गरेको गोलभेडा लगायतको तरकारीलाई स्थानीय सरकारले नै व्यवस्थापनको लागि केही योजनाहरु बनाउँदा राम्रो हुने उनीहरुको सुझाव छ ।

तराईका जिल्लामध्ये बाँके कृषिउत्पादमा राम्रो यढोगदान दिने जिल्ला हो । देश विषम परिस्थितमा हुँदासमेत यहाँका कृषकहरु कृर्षी उत्पादनलाई बडो लगनका प्राथमिकता दिने गरेका छन् । कृर्षीलाई नै मुल पेशाको रुपमा अगालेका किसानहरुलाई वर्तमान परिस्थितिमा कृषकले एक्लो लगानीबाट उत्पादन गरेको गोलभेडा लगायतका तरकारीहरुले उचित बजार नपाउँदा कृषकहरु निकै मर्कामा परेका छन ।

स्थानिय सरकारले किसानहरुलाई केही सहुलियत दिन नसके पनि खेतमै कुहिन लागेको तरकारी उपभोक्तासम्म पु¥याएर सहयोग गरे किसान कृतज्ञ हुने थिए ।