सिन्धुलीमा कोरोना संक्रमित जिल्लाबाट गाडी आउने क्रम रोकिएन

सिन्धुलीमा कोरोना संक्रमित जिल्लाबाट गाडी आउने क्रम रोकिएन
आइतवार, जेष्ठ ११, २०७७

सिन्धुली । सिन्धुलीको ढुंग्रेबासमा कोरोना भाईरस संक्रमित जिल्लाबाट सवारी साधन आउने क्रम रोकिएको छैन । निर्माण सामाग्री, लिएर मालबाहक ट्रक तथा साना गाडिहरु ढुंग्रेबासमा आउने क्रम नरोकिएको भन्दै त्यस क्षेत्रका सर्वसाधारणले कारोनाको संक्रमण हुनेमा चिन्ता व्यक्त गरेका हुन् ।

कोरोना संक्रमित क्षेत्र बिरगंज, बिराटनगर लगायतका तराईका जिल्लाबाट ट्रक ढुंग्रेबासका गादोममा आउदा त्रास वढेको स्थानीयको भनाई छ । जिल्लामा अहिले सम्म गरिएको पसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको भएपनि मालबाहक ट्रकका चालक, शहचालक, सामाग्री लोड

अनलोड गर्ने मजदुर, स्थानिय व्यापारी चहल पहल जारी रहदा जोखिम वढेको स्थानियको भनाई छ । नेपालमा संक्रमितको संख्या वढ्दै गएकोले आवश्यक सचेतना अपनाउनु पर्ने स्थानियको भनाई छ ।