बाँकेको नरैनापुरमा सेना परिचालन गरिने, अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घाेषणा

बाँकेको नरैनापुरमा सेना परिचालन गरिने, अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घाेषणा
आइतवार, जेष्ठ ११, २०७७

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा नेपाली सेना परिचालन गरिने भएको छ । सेनानीको कमाण्डमा सैनिक टोली परिचालन गर्न लागिएको जिल्ला सुरक्षा समितिको आजको बैठकले निर्णय गरेको छ ।

त्यस्तै कोरोना संक्रमण फैलिन नदिन अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र कायम गरिएको छ । नरैनापुरमा विशेषज्ञ चिकित्सकसहित थप स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय भएको छ ।

नरैनापुरमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ भने एक सय १४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितलाई आइसोलेशनमा लैजाने क्रममा अवरोध हुने र भगाउने कार्य हुन थालेपछि सेना परिचालन गर्न लागिएकाे हो ।