३९ हजारभन्दा बढी नागरिक देशभरका क्वारेन्टाइनमा

३९ हजारभन्दा बढी नागरिक देशभरका क्वारेन्टाइनमा
क्वारेन्टाइन । फाइल तस्वीर
आइतवार, जेष्ठ ११, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका क्वारेन्टाइमा ३९ हजार ८ सय ४ जना व्यक्ति रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले देशभरका क्वारेन्टाइमा ३९ हजार ८ सय ४ जना रहेको जानकारी दिएका हुन् ।

प्रवक्ता डा देवकोटाका अनुसार सबै भन्दा धेरै प्रदेश ५ का क्वारेन्टाइमा रहेका छन् ।

डा देवकोटाका अनुसार प्रदेश नम्बर एक मा १ हजार ४ सय ५० जना, प्रदेश नम्बर २ मा ८ हजार २ सय ३८ जना, बागमती प्रदेशमा ५ सय ६२ जना गण्डकी प्रदेशमा ८ सय ८२ जना रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा १९ हजार ५ सय २५ जना, कर्णाली प्रदेशमा ३ हजार ४ जना र सुदुरपश्चिम प्रदेशमा ६ हजार १ सय ४३ जना रहेका छन् ।

भारतीय सिमा क्षेत्रबाट नेपालीहरु स्वदेश फर्किने क्रम नरोकिएकाले सिमा क्षेत्रका क्वारेन्टाइन स्थालहरुमा मासिनहरुको चाप बढी रहेको पाइएको छ ।

सरकारले विदेश वा कोरोना संक्रमति क्षेत्रबाट आउनेहरुका लागि देशभरका स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८२ हजार ८ सय २१ क्वारेन्टाइन वेड रहेका छन् । तर जनस्वास्थ्य विज्ञहरुले भने सरकारले संख्यामा देखाउने क्वारेन्टाइन वेडहरु सरकारकै मापदण्ड अनुसार नभएको बताउने गरेका छन् ।

यस्तै कतिपय क्षेत्रहरुमा कोरोना संक्रमित, कोरोना नभएका व्यक्ति र आशंका गरिएका व्यक्तिहरुलाई समेत एउटै क्वारेन्टाइमा राखिएको समेत पाइएको छ । क्वारेन्टाइमा रहेका व्यक्तिहरुले नै कतिपय क्षेत्रका क्वारेन्टाइन संक्रमण जोखिम क्षेत्र भएको समेत गुनासो गर्दै आएका छन् ।