कोरोनाका भाइरसले सबैभन्दा बढी प्रभावित विश्वका ११ मुलुक

कोरोनाका भाइरसले सबैभन्दा बढी प्रभावित विश्वका ११ मुलुक
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं- जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्डका अनुसार कोरोनाका सर्वाधिक संक्रमित भएको देशको सूचीमा भारतले इरानलाई पछि पारेको छ ।

भारत अब संसारको सबैभन्दा धेरै संक्रमित भएको देशको सूचीको १० औं स्थानमा परेको छ ।

जोन्स होप्किन्स युनिभर्सिटीको ड्याशबोर्ड अनुसार संसारभरी कोरोना संक्रमितको संख्या आइतबार ५३.७० लाख भएको छ । यस्तै कोरोनाका कारण हालसम्म ३४३,६१७ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाका सर्वाधिक संक्रमित मुलुक

अमेरिका – कुल १६३५१९२  संक्रमित, ९७,४९५ को मृत्यु

ब्राजिल– कुल ३४७,३९८ संक्रमित, २२,०१३ को मृत्यु

रुस – कुल ३३४,४८१ संक्रमित, ३,५४१ को मृत्यु

यूके – कुल २६०,९१६ संक्रमित, ३६,८७५ को मृत्यु

स्पेन – कुल २३५,७७२ संक्रमित, २८,७५२ को मृत्यु

इटली– कुल २२९,८५८ संक्रमित, ३२,७८५ को मृत्यु

फ्रान्स – कुल १८२,१०२ संक्रमित, २८,२१९ को मृत्यु

जर्मनी – कुल १८०,१५७ संक्रमित, ८,२८३ को मृत्यु

टर्की – कुल १५६,८२७ संक्रमित, ४,३४० को मृत्यु

भारत – कुल १३८,५३६ संक्रमित, ४,०२४ को मृत्यु

ईरान – कुल १३५,७०१ संक्रमित, ७,४१७ को मृत्यु

स्रोतः बीबीसी