काठमाडौंमा ३ जनासहित थप ७२ जनामा कोरोना पुष्टि, संक्रमित ६७५ पुगे

काठमाडौंमा ३ जनासहित थप ७२ जनामा कोरोना पुष्टि, संक्रमित ६७५ पुगे
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं- स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपालमा आज थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६७५ पुगेको छ ।

मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गरिएको परीक्षणमा २ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा ५ जना कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा २१ जना, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा ५ जना र प्रदेश अस्पताल सुर्खेतमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको टोखा नगरपालिका ३, ६ र बुढानिलकण्ठ नगरपालिका-३ का २७, ४१ र ३७ वर्षका पुरुष रहेका छन् ।

धनुषाको नगराइन नगरपािलका ३ मा ३१,३१ र ४५ वर्षीय पुरुषमा कोरोना देखिएको छ । त्यस्तै कपिलवस्तुको शिवराज नगरपालिका ४, ५ र६ का १९ २० र २३ वर्षका पुरुषमा कोरोना देखिएको छ ।

त्यसैगरी धनुषमा थप ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । यस्तै बाराको कलैया र कोवाली–१ मा २ जनामा कोरोना पुष्टि भएको छ ।

रौतहटमा आज विहान मात्रै २६ जनामा कोरोना पुष्टि भएको छ । सप्तरीको डाक्नेश्वरी गाउपालिकामा २ जनामा,
बर्दिया र बाँकेमा गरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएको छ ।

त्यस्तै बाराको गडीमाई नगरपालिकामा २१ जनामा कोरोना पुष्टि भएको छ भने कर्णाली प्रदेशको दैलेखमा एक महिलासहित थप ७ जनामा कोरोना पुष्टि भएको छ ।