मृत्यु भएको ८ दिन पछि कोरोना पुष्टि : अस्पताल सिल गर्नेबारे छलफल हुँदै

मृत्यु भएको ८ दिन पछि कोरोना पुष्टि : अस्पताल सिल गर्नेबारे छलफल हुँदै
सोमवार, जेष्ठ १२, २०७७

नरेश सर्राफ

वीरगञ्ज- गत ४ गते वीरगञ्जमा मृत्यु भएका व्यक्तिमा ८ दिन पछि कोरोना संक्रमण पुष्टि भएको छ। वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए।

उनको मृत्युबारे स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले भने अहिलेसम्म कुनै जानकारी दिएको छैन।

 

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याइएको थियो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताललाई सिपल गर्नेबारे छलफल भइरहेको जानकारी दिए।

‘मृतक वृद्धको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ,’ सहाएक प्रमुखजिल्ला अधकारी बस्नेतले भने, ‘त्यसैले नेशनल मेडिकल कलेजलाई सिल गर्ने विषयमा छलफल भइरहेको छ।’

क्षयरोग, दम र न्यूमोनियाबाट ग्रसित वृद्धलाई उनलाई जेठ २ गते देखि भेन्टिलेटरमा राखिएको थियो। तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन्।