भक्तपुरका संक्रमितको सम्पर्कमा रहेका १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ

भक्तपुरका संक्रमितको सम्पर्कमा रहेका १२ जनाको कोरोना रिपोर्ट नेगेटिभ
सोमवार, जेष्ठ १२, २०७७

भक्तपुर । गत बिहीबार भक्तपुर नगरपालिका ५ मा कोरोना भाइरस संक्रमण पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

४२ वर्षीय संक्रमित पुरुषका परिवारका ११ सहित १२ जनाको कन्ट्राक्ट ट्रेसिङको आधारमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । उनीहरु १२ जनाकै रिपोर्टमा कोरोना नदेखिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।

कोरोना संक्रमित पुरुषको काठमाडौँको बलम्वुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचार भइरहको छ । त्यसैगरी कोरोना संक्रमणका कारण मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी सुत्केरी महिलाको शव व्यवस्थपनमा खटिएका भक्तपुरका दुई युवकमा पनि कोराना देखिएन ।