१८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

१८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं- वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् ।

उनीहरुमध्ये एक जना गत बैशाख २१ गते  कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको परिवारका अन्य १७ जना बैशाख २४ गते कोरोना पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए ।

उनीहरु सबैको पछिल्लो पटक गरिएको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै उनीहरुलाई आजै डिस्चार्ज गरिएको डा. सिंहले बताए ।