डा गोविन्द केसीले गरे फेरि अनसन बस्ने घोषणा

डा गोविन्द केसीले गरे फेरि अनसन बस्ने घोषणा
सोमवार, जेष्ठ १२, २०७७

काठमाडैं– डा गोविन्द केसीले फेरि अनसन बस्ने घोषणा गरेका छन् । अब बस्दा केसीको १८ औं पटकको अनसन हुनेछ ।

डा केसीले आज प्रेस विज्ञप्ति निकाल्दै आगामी जेठ २० गतेदेखि २ दिन अनसन बस्ने घोषणा गरेका हुन् ।

डा केसीले भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया शुरु गर्न माग गर्दै र चिकित्सा शिक्षा सुधारका विभिन्न मागहरु राख्दै दुई दिन अनसन बस्ने घोषणा गरेका हुन् ।