रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुग्यो

रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ४७ पुग्यो
सोमवार, जेष्ठ १२, २०७७

रौतहट – सोमबार २६ जना थपिएसँगै रौतहटमा कोरोना भाइरस संक्रमितको संख्या ४७ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले दिएको जानकारि अनुसार राजपुर नगरपालिकामा २५ र इशानाथ नगरपालिका १ जना थप भई कुल ४७ जना पुगेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बसुदेव घिमिरेका अनुसार, भारतको विभिन्न ठाँउबाट आएका उनिहरुलाई क्वारेन्टाइन मा राखिएको छ । उनका अनुसार, अझै जिल्लाको विभिन्न क्वारेन्टाइन मा रहेका ५२६ जनाको परीक्षण रिपोर्ट आउन बाँकी छ ।