भारतमा २ महिनापछि घरेलु उडान सुरु

भारतमा २ महिनापछि  घरेलु उडान सुरु
सोमवार, जेष्ठ १२, २०७७

एजेन्सी । भारतमा २ महिनापछि आजबाट घरेलु उडान सुरु भएको छ ।

कोरोना भाइसरको संक्रमणका कारण बन्द रहेको घरेलु उडान सोमबार बिहानबाट सुरु गरिएको हो ।

दिल्लीको इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा बिहान पौने ५ बजे पुणेका लागि पहिलो उडान गरेको थियो ।
कोरोना भाइरसको संक्रमण नफैलयोस भनेर विमानस्थलमा दुई मिटरको दुरीको पालना अनिवार्य गरिएको थियो ।

विमानका सबै यात्रुको एयरपोर्टमा स्क्रिनिङ गरिएको थियो । एयरहोस्टेजहरुले लाइटमा पीपीई किट लगाएका थिए ।

यात्रुहरुले पनि सुरक्षाका लागि पर्याप्त सावधानी अपनाएका थिए ।

सबै यात्रुलाई एयरलाइन्सले नै फेस कभर मास्क प्रदान गरेका थिए । आन्ध्र प्रदेश र पश्चिम बंगालबाहेक भारतका सबै प्रदेशमा आन्तरिक उडान थालिएको छ ।

मुम्बई एयरपोर्टबाट भने बिहान ६ः४५ बजे पहिलो उडान पटनाका लागि उडेको थियो । त्यसका लागि विशेष सुरक्षा व्यवस्था मिलाइएको थियो । एयरपोर्टमा नयाँ नियम लागू गरिएको छ ।