प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साढे ५ बजे देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार, आज बेलुका साढे ५ बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । त्यसअघि बेलुका ५ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । थापाका अनुसार, मन्त्रिपरिषद् बैठक सकिए लगत्तै प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्ने छन् ।