नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो

नेपालमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या ६८२ पुग्यो
सोमवार, जेष्ठ १२, २०७७

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित लाइभ अपडेटमा बोल्दै नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि गरे ।

प्रवक्ता डा देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा अछामका ३२ वर्षीया पुरुष रहेका छन् । उनी अछाम अस्पतालमा रहेका छन् । यस्तै भेरी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु वर्दियाका गुलरिया–१० का २२ र २४ वर्षीया पुरुष र गुलरिया –२ का १८ वर्षका पुरुष रहेका छन् ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ आएको छ । उनीहरु पर्साको जिराभवानी गाउँपालिकका–४ का वर्षीया पुरुष १८ वर्षीया पुरुष र काठमाडौं महानगरपालिका–१५ घर भएका बारा कलैयामा कार्यारत एकजना २८ वर्षीय पुरुष रहेका छन् ।

त्यसैगरी, नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका १ व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए । यो सँगै संक्रमितको संख्या ६८२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले हालसम्म १ सय ११ जनाको डिस्चार्ज भएको पनि जानकारी दिए ।