नारायणी अस्पतालमा भर्ना भएका ४३ जना कोरोना संक्रमणबाट मुक्त

नारायणी अस्पतालमा भर्ना भएका ४३ जना कोरोना संक्रमणबाट मुक्त
सोमवार, जेष्ठ १२, २०७७

पर्सा । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना संक्रमण मुक्त भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् ।

दुई पत्रकारसहित ४३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएको अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए ।

४३ जनाको डिस्चार्ज गरिएसँग नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए ।

गण्डक कोभिड अस्पतालमा भने २७ जना संक्रमित उपचाररत छन् । यसअघि आइतबार राति एकै परिवारका १८ जना संक्रमणमुक्त भएर  घर फर्किएका थिए ।