थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ७४ संक्रमित भएपछि संक्रमित संख्या २०८ पुग्यो

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन ७४ संक्रमित भएपछि संक्रमित संख्या २०८ पुग्यो
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा संक्रमित भएका थप १७ जना ….. का हुन् ।

यसअघि मंगलबार नै नेपालमा  ५७ जनामा संक्रमण पुष्टि भएको थियो । आज दिउँसो संक्रमण पुष्टि भएकाहरूमा पर्साका ३९, रुपन्देहीका ९, कपिलबस्तुका ८ र बाराका १ जना थिए ।

थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपालमा कुल संक्रमितको संख्या २०८ पुगेको छ ।

यसमध्ये ३३ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी १७५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।