कोरोना अपडेट

कोरोना अपडेट
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप…. जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या…. पुगेको छ ।

मन्त्रालयले बुधबार विहान विज्ञप्ति जारी गर्दै थप… जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । जसमध्ये……….

नेपालमा हालसम्म कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोनाको संक्रमण सातै प्रदेशमा

गत सोमबार दैलेखका एक जनामा कोरोना संक्रमण देखिएसँगै सातै प्रदेशमा कोरोना फैलिएको छ । यसअघि कर्णाली प्रदेश बाहेकका प्रदेशमा कोरोना संक्रमणको पुष्टि भइसकेको थियो ।

सोमबार राति कर्णाली प्रदेशको दैलेखका एक जनामा  कोरोना पुष्टि भएपछि सातै प्रदेशमा कोरोना संक्रमण फैलिएको हो । सोमबार दैलेखको आठविस नगरपालिका – १ का एक जना पुरुषमा कोरोना संक्रमण देखिएको थियो।

४५७ जना आइसोलेसनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका विभिन्न अस्पतालको आइसोलेसनमा कुल ४५७ जना रहेको जनाएको छ ।

मंगलबारको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयले सम्भावित, शंस्कापद बिरामी र संक्रमितलाई आईसोलेसनमा राखिएको जानकारी गराएको थियो । मन्त्रालयका अनुसार हालसम्म २१ हजार ६ सय २३ जना क्वारेन्टाईनमा छन् ।

कोरोना संक्रमण नेपालमा २ महिने शिशुदेखी ८४ वर्षियासम्मलाई देखिएको छ । तर गत वर्ष माघ ९ गते पहिलो ‘केस’ देखिएदेखि हालसम्म को विवरण हेर्दा २० देखि ५० वर्ष उमेर समूहमा बढी संक्रमण देखिएको छ ।

कुल ३८ जिल्लामा संक्रमण फैलियो

नेपालका कुल ३८ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालका ७७ मध्ये ३८ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको छ।

कति भयो परीक्षण ?

नेपालमा पीसीआर विधिबाट हालसम्म ३२ हजार ६ सय ४ जनाको परीक्षण गरिएको छ । आरडीटी विधिबाट ७४ हजार ६ सय ४९ वटा परीक्षण गरिएको छ ।  पीसीआर विधिबाट गरिएको परीक्षणमा ३२ हजार २०२ जनामा कोरोना नदेखिएको मन्त्रालयले जनाएको छ ।