कोरोनाका कारण भारतमा थप १४८ जनाको मृत्यु

कोरोनाका कारण भारतमा थप १४८ जनाको मृत्यु
मङ्लबार, जेष्ठ १३, २०७७

एजेन्सी । कोरोना भाईरस संक्रमणको कारण भारतमा थप १४८ जनाको मृत्यु भएको छ ।

योसंगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार १७२ पुगेको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ ।

एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको हो ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।