अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या घट्दो, अन्य मुलुकको अवस्था के छ ? 

अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या घट्दो, अन्य मुलुकको अवस्था के छ ? 
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९)ले अमेरिकामा महामारीको रुप लिएपछि कै पछिल्लो २४ घण्टामा सबैभन्दा कमको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५०४ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा ज्यान गुमाउनेको संख्या  ९९ हजार ८०५ पुगेको छ ।

अघिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ६१७ जनाको मृत्यु भएको थियो । अघिल्लो २४ घण्टाको तुलनामा पछिल्लो २४ घण्टामा ११३ जना कमको मृत्यु भएको छ । अमेरिकामा क्रमशः मृत्यु हुनेको संख्या कम हुँदै गएको छ ।

महामारी तीव्र रुपमा फैलिएका बेला अमेरिकामा २५ सयभन्दा धेरैको दैनिक ज्यान जाने गरेको थियो । न्युयोर्क सहरमा मात्रै दैनिक हजार जनासम्म मृत्यु हुने गरेको थियो । अहिले उक्त सहरमा मृत्यु सयभन्दा कममा झरीसकेको छ ।

अमेरिकामा कोराना संक्रमण र मृत्यु दरमा कमी आए पनि नियन्त्रणमा भने आएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमण तिव्र गतिमा नियन्त्रण भइरहे पनि केही क्षेत्रमा भने संक्रमणको उत्तिकै खतरा रहेको बताएका छन् ।

अमेरिकामा हालसम्म १७ लाख ६ हजार १५७ जनामा संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १९ हजार ७२१ नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ८८ हजार २८७ संक्रमित थपिँदा अमेरिकामा १९ हजार ७२१ नयाँ संक्रमितको पहिचान भएको हो ।

पछिल्लो अपडेट अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ६०८ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा ३ हजार ९५६ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ८७ हजार ९८१ थप संक्रमित पुष्टि भएको छ ।

पछिल्लो अपडेट अनुसार संसारभर ५५ लाख ८२ हजार ४३६ जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक भएको छ । त्यस्तै अहिलेसम्म विश्वभर २३ लाख ६१ हजार ९१ जना ठिक भएका छन् ।

अहिले अमेरिका, बेलायत, फ्रान्स, इटाली, स्पेन, रुस, ब्राजिललगायतका देशहरुमा यस भाइरसको कहर जारी रहेको देखिएको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित १६ मुलुकको अवस्था :

अमेरिकामा १७ लाख ६ हजार २२२ कुल संक्रमित भएका छन् भने ९९ हजार ८०५ जनाको मृत्यु भएको छ । यसैबीच ४ लाख ६२ हजार ८१७ निको भएर फर्किएका छन् ।

बेलायतमा अहिलेसम्म २ लाख ६१ हजार १८४ कुल संक्रमित भएका छन् भने ३६ हजार ९१४ जनाको मृत्यु भएको छ ।

इटालीमा २ लाख ३० हजार १५८ जना कुल संक्रमित भएका छन् भने ३२ हजार ८७७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ४१ हजार ९८१ जना निको भएर फर्किएका छन् ।

फ्रान्समा एक लाख ८२ हजार ९४२ कुल संक्रमित भएका छन् भने २८ हजार ४३२ जनाको मृत्यु भएको छ । यसैबीच ६५ हजार १९९ जना निको भएर फर्किएका छन् ।

स्पेनमा २ लाख ८२ हजार ४८० कुल संक्रमित भएका छन् भने २६ हजार ८३७ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ९६ हजार ९५८ जना निको भएर फर्किएका छन् ।

ब्राजिलमा ३ लाख ७४ हजार ८९८ जना संक्रमित भएका छन् भने २३ हजार ४७३ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म एक लाख ५३ हजार ८३३ जना ठिक भएका छन् ।

बेल्जियममा ५७ हजार ३४२ कुल सङ्क्रमित भएका छन् भने ९ हजार ३१२ जनाको मृत्यु भएको छ । यसैबीच १५ हजार २९७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ८० हजार ७८९ कुल संक्रमित भएका छन् भने ८ हजार ४२८ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ६१ हजार २ सय जना निको भएर फर्किएका छन् ।

इरानमा एक लाख ३७ हजार ७२४ कुल संक्रमित भएका छन् भने ७ हजार ४५१ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ७ हजार ७१३ जना निको भएर फर्किएका छन् ।

मेक्सिकोमा ६८ हजार ६२० जना संक्रमित भएका छन् भने ७ हजार ३९४ जनाको मृत्यु भएको छ । त्यस्तै मेक्सिकोमा अहिलेसम्म ४७ हजार ४२४ जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ८५ हजार ७११ जना संक्रमित भएका छन् भने ६ हजार ५४५ जनाको मृत्यु भएको छ । त्यस्तै ४४ हजार ६३८ जना ठिक भएका छन् ।

नेदरल्याण्डसमा अहिलेसम्म ४५ हजार ४४५ जना संक्रमित भएका छन् भने ५ हजार ८३० जनाको मृत्यु भएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार ९८५ कुल संक्रमित भएका छन् भने ४ हजार ६३४ जनाको मृत्यु भएको छ । यसैबीच ७८ हजार २६८ निको भएर फर्किएका छन् ।

टर्कीमा एक लाख ५७ हजार ८१४ जना संक्रमित भएका छन् भने ४ हजार ३६९ जनाको मृत्यु भएको छ । त्यस्तै एक लाख २० हजार १५ जना निको भएर फर्किएका छन् ।

भारतमा एक लाख ४४ हजार ९५० संक्रमित भएका छन् भने अहिलेसम्म ४ हजार १७२ जनाको मृत्यु भएको छ । त्यस्तै अहिलेसम्म ६० हजार ७०६ जना निको भएर घर फर्किएका छन् ।

स्विडेनमा ३३ हजार ८४३ जना संक्रमित भएका छन् भने ४ हजार २९ जनाको मृत्यु भएको छ ।