लकडाउनले विकासका काममा युवाको सक्रियता

लकडाउनले विकासका काममा युवाको सक्रियता
मङ्लबार, जेष्ठ १३, २०७७

सिन्धुली । सिन्धुलीका युवालाई गाउँका विकास निर्माणका काम आफै गर्न लकडाउन फलदायी बनेको छ ।

शहरबाट गाउँमा आएकाहरु सडक मर्मत संभार, पुल निर्माण, खानेपानी, विद्यालय निर्माणका काममा जुटेका छन ।

निर्माण व्यवसायी, उपभोक्ता समितिको काम तथा उपभोक्ता समितिले गर्न नसकेका काममा पनि युवाहरु जिम्मेबार भएर लाग्ने गरेका छन् ।

गाउँघरमा सामान्य खेतीपातीको काम गर्न पनि युवा जनशक्तीको अभाव भईरहेको बेला लकडाउनले गाउँघरमा युवायुवती जम्मा भएर विकासका काममा जुट्दा सहज भएको स्थानीयको भनाई रहेको छ ।