स्वास्थ्य मन्त्री भानुभक्त ढकाल होम क्‍वारेन्टाइनमा

स्वास्थ्य मन्त्री भानुभक्त ढकाल होम क्‍वारेन्टाइनमा
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल शुक्रबारदेखि होम क्‍वारेन्टाइनमा बसेका छन्। मन्त्री ढकाल कोरोना संक्रमितसँग सम्पर्क भएको थाहा पाएपछि होम क्वारेन्टाइनमा बसेका हुन् ।

मन्त्री ढकाल मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक बिरामीलाई अस्पतालमै भेट्न गएका थिए । ती बिरामीको स्वाब परीक्षण गर्दा शुक्रबार उनमा कोभिड(१९ पोजेटिभ देखिएको थियो।

होम क्‍वारेन्टाइनमा रहेका कारण सोमबारको मन्त्रिपरिषद् बैठकमा पनि मन्त्री ढकाल अनुपस्थित थिए। ५ दिनदेखि होम क्‍वारेन्टाइनमा बसेका मन्त्री ढकालको आज बिहान स्वाब संकलन गरिएको छ। यसको रिपोर्ट पनि आजै आउने बताइएको छ।