सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुग्यो

सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुग्यो
मङ्लबार, जेष्ठ १३, २०७७

डिलबहाुदर खत्री
सुर्खेत । सुर्खेतमा एकैदिन १२ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतबाट घर फर्किएकाहरुको पीसीआर परीक्षण गर्दा आज थप १२ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

१२ जना मध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका– आठ जना, भेरीगंगा नगरपालिकाका– दुई जना र सिम्ता गाउँपालिकाका– २ जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

उनका अनुसार प्रदेश अस्पतालमा रहेको पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको जाँच रिपोर्टमा ११ जना पुरुष र एक जना महिला कोरोना रहेको पाईएको छ । यसअघि संक्रमित ३ जनासँगै अब सुर्खेतमा कोरोना संक्रमितको संख्या १५ पुगेको हो ।

कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित भएको आज नवौं दिनसम्म आइपुग्दा प्रदेशमा कोरोना संक्रमित पुष्टि हुनेको संख्या २३ पुगेको छ । भारतबाट कर्णाली प्रदेश फर्किनेको संख्यामा बृद्धि भएसँगै कोरोना संक्रमितको संख्यामा समेत बृद्धि गएको हो ।

यसअघि सोमबार साँझसम्म दैलेखका ८ जना र सुर्खेतका ३ गरी जम्मा ११ जना संक्रमित थिए ।