अर्घाखाँची र स्याङ्जासहितका जिल्लामा थप ९० जनामा कोरोना संक्रमण, १ सय ५५ जना उपचारपछि निको

अर्घाखाँची र स्याङ्जासहितका जिल्लामा थप ९० जनामा कोरोना संक्रमण, १ सय ५५ जना उपचारपछि निको
मङ्लबार, जेष्ठ १३, २०७७

काठमाडाैं । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या ७ सय ७२ पुगेको छ ।

राैतहत, बारा. सिराहा, बाँके, गुल्मी, अर्घाखाँची र रूपन्देही लगाएतका जिल्लामा संक्रमितको संख्या बढेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार गुल्मीमा दुइजना, पहिलोपटक स्याङ्जामा २ जना र सुर्खेतमा १२ जना सहित विभिन्न जिल्लामा गरी ९० जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको हो ।

मन्त्रालयका अनुसार  ४६ वटा जिल्लामा कोरोना संक्रमण देखिएको छ ।