गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि

गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्षलाई कोरोना संक्रमण पुष्टि
मङ्लबार, जेष्ठ १३, २०७७

गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले एक विज्ञप्ति जारी गर्दै आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

उनले विज्ञप्ति मार्फत आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । गुल्मीका कोरोना संक्रमण पुष्टि भएका अर्का एक व्यक्ति धुर्कोट गाउँपालिका वडा नम्बर ४ को व्यक्ति भएको पनि उनले जानकारी दिए ।

पोखरेलका अनुसार अर्को कोरोना संक्रमित भने भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् । ती व्यक्ति दिर्घ रोगी समेत रहेको पोखरेलको भनाइ छ ।