नर्स दम्पती कोरोना संक्रमित

नर्स दम्पती कोरोना संक्रमित
मङ्लबार, जेष्ठ १३, २०७७

बाँके । नेपालगन्जमा पत्रकार र नर्स कोरोना संक्रमित भएका छन् । नाताले यी दुई श्रीमान श्रीमती हुन् । नर्स श्रीमतीलाई कोरोना पोजेटिभ देखिएपछि उनको पनि पिसिआर टेस्ट गराउँदा कोरोना पोजेटिभ देखिएको हो ।

ती पत्रकारलाई श्रीमतीबाटै संक्रमण भएको हुन सक्ने चिकित्सकले बताएका छन् । पत्रकारलाई कोरोना देखिएको नेपालगन्जको यो पहिलो घटना हो ।

नेपालगन्ज वडा न. २ निवासी जोडीको पिसिआर परिक्षणबाट टेस्ट गराउँदा पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।अहिले दुवै श्रीमान श्रीमती सँगै आइसोलेसनमा रहेका छन्