बाँकेमा थप ८ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १ सय ५४ पुग्यो

बाँकेमा थप ८ जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १ सय ५४ पुग्यो
मङ्लबार, जेष्ठ १३, २०७७

बाँके । बाँकेमा आज थप ८ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएको हो ।

नेपालगंज उपमहानगरपालिका वडा नं २ का २२ वर्षीया पुरुष ,बाँके डुडुवा गाउँपालिका वडा नं १ का २० वर्षीया पुरुष, वडा नं. ३ का २१, ३४ र ४० वर्षका गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी राप्ती सोनारीका २ र बैजनाथ गाउँपालिकाका १ जनामा पनि संक्रमण भएको छ । यो सँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ सय ५४ पुगेको छ ।