वीरगञ्जमा चिकित्सका दुई समूहबीच हात हालाहाल

वीरगञ्जमा चिकित्सका दुई समूहबीच हात हालाहाल
सांकेतिक तस्वीर
मङ्लबार, जेष्ठ १३, २०७७

पर्सा । पर्साको वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सकहरुको दुई समूहबीच हात हालाहाल भएको छ ।

सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवादमा हात हालाहाल भएको हो ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमा डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।

विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका छन्।

ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर भएको विवाद प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुखले मिलाएका थिए ।

एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा डा. मधुरञ्जन सिंहले लामो समयदेखि सरकारी अस्पताल र चिकित्सकलाई गाली गलौच गर्दै नकारात्मक टिप्पणी गर्दै आएपछि विवाद भएको बताइएको छ ।