भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५० हजार नाघ्यो
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ५० हजार नाघेको छ ।

एकै दिन थप ५ हजार ८४३ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ५० हजार ७९३ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार ३४९ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १७७ जनाको मृत्यु भएको छ । कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

भारत विश्वमा सवैभन्दा धेरै कोरोना संक्रमित मुलुकको सूचीको दशौं स्थानमा छ भने एसियाली मुलुकमा दोस्रो स्थानमा रहेको छ ।