ब्राजिलमा कोरोनाका कारण एकै दिन १ हजार २७ जनाको मृत्यु

ब्राजिलमा कोरोनाका कारण एकै दिन १ हजार २७ जनाको मृत्यु
बुधबार, जेष्ठ १४, २०७७

ब्राजिल- ब्राजिलमा कोरोना भाइरसका कारण एकैदिन १ हजार २७ जनाभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

योसँगै ब्राजिलमा हालसम्म २४ हजार ५४९ जनाभन्दा बढी संक्रमितको ज्यान गएको छ । त्यस्तै संक्रमितको संख्या ३ लाख ९२ हजारभन्दा बढी पुगेको छ ।

मंगलबारमात्रै १५ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । त्यस्तै एक लाख १ लाख ५८ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । ८ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

स्वास्थ्य उपचारमा कमीकमजोरी भएका कारण मृत्युदर बढेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलमा पछिल्लो समय औषधिको अभाव भएको समेत बताइएको छ ।

त्यस्तै ब्राजिलमा कोरोना महामारी तिव्रतामा फैलिइरहेको छ । ब्राजिल अत्यधिक कोरोना संक्रमित हुने दोस्रो देश हो ।