क्वारेन्टाइन बनाउँदै गर्दा कञ्चनपुरको कृष्णपुर-७ का वडाध्यक्षको मृत्यु

क्वारेन्टाइन बनाउँदै गर्दा कञ्चनपुरको कृष्णपुर-७ का वडाध्यक्षको मृत्यु
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं- कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का वडाध्यक्ष कल्लु रानाको निधन भएको छ।

क्वारेन्टिन व्यवस्थापन गर्ने क्रममा मंगलबार राति हृदयाघातका कारण वडाध्यक्ष रानाको निधन भएको हो।

स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गरिरहेकै बेला एक्कासि बेहोस भएका ५५ वर्षीय वडाध्यक्ष रानाको निधन भएको कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता रानाले जानकारी दिइन्।

अहिले उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। अब उनको कोरोना परीक्षण गरिने सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जानकारी दिए।