बर्दियाको बबई बहुमुखि क्याम्पस् क्वारेन्टिनमा १ जनाको मृत्यु : कोरोना रिपोर्ट आउँनै बाँकी

बर्दियाको बबई बहुमुखि क्याम्पस् क्वारेन्टिनमा १ जनाको मृत्यु : कोरोना रिपोर्ट आउँनै बाँकी
बुधबार, जेष्ठ १४, २०७७

 मुरली गोडिया

बर्दिया-, बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ।

गुलरिया नगरपालिका-९ स्थित गोडियनपूर्वा घर भएका ५५ वर्षीय पुरुष सूदुरपश्चिम प्रदेशको अछामबाट घर फर्किएपछि क्वारेन्टिनमा बसकाे थिए।  मंगलबार क्वारेन्टिनमै मृत्यू भएपछि गुलरियामा त्रास फैलिएको छ।

कामदारको रुपमा अछाम पुगेका उनी ६ दिन लगाएर पैदल हिड्दै बर्दिया प्रवेश गरेको सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण अधिकारले बताए। बुधबार बिहान ५ः३० बजे उनको क्वारेन्टाइनमै मृत्यु भएको गुलरिया नगरपालिका स्वस्थ्य शाखा प्रमुख डा. सुनिल पाण्डेले जानकारी दिए।

मृत्युको कारण भने खुलेको छैन। उनको स्वाब परीक्षणका लागि निकालिएकाले नतिजा आएपछि मात्र शवको व्यवस्थापन हुने जनाइएको छ। क्वारेन्टाइनमै रहेका ती व्यक्तिको मृत्युको खबरले बर्दिया जिल्लामै  त्रास बढेको छ । जिल्ला भित्रिने क्रम बढेसँगै बर्दियामा कोरोना भाइरस संक्रमितको संख्या ७ पुगेको छ।