नेपालको नयाँ नक्सा आफूखुसी बिक्री वितरण गरे कारबाही गरिने

नेपालको नयाँ नक्सा आफूखुसी बिक्री वितरण गरे कारबाही गरिने
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं । नेपालको नयाँ नक्सा कसैले व्यवसायिक रुपमा मुद्रण गरी बिक्री वितरण गरेमा कारबाही गरिने भएको छ । नापी विभागको स्वीकृति बिना अध्यावधिक गरिएको नक्सा बिक्री वितरण गरे कारबाही गरिने कारवाही गरिने भएको हो ।

विभागले सूचना निकालेर कानुन विपरित नक्सा बिक्री नगर्न सचेत गराएको छ । गत जेठ १० गते विभागले सूचना कानुनविपरित कसैले नक्सा छापे वा बिक्री वितरण गरे २० हजार जरिवाना र सामग्री बरामद समेत गरिने विभागले जनाएको छ ।

कानूनी व्यवस्था विपरित गर्ने गराउने उपर नाप जाँच ऐन २०१९ को दफा १२ को उपदफा ५ बमोजिम कारवाही हुने पनि विभागले जनाएको छ ।