बागलुङमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बागलुङमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
बुधबार, जेष्ठ १४, २०७७

बागलुङ । बागलुङमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य छ ।

संक्रमण देखिएका उनिहरु सबै भारतबाट आएको खुलेको छ । संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ ।

बागलुङमा करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेको बताइएको छ ।