नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन जहाज चिन जाँदै

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन जहाज चिन जाँदै
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं – नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार, चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामाग्री लिन जहाज चिनतर्फ जान लागेको हो ।

प्रवक्ता पाण्डेका अनुसार, ग्वाङ्जाबाटा भोलि २८.६६ टन स्वास्थ्य सामाग्री ल्याउने योजना छ। जहाजबाट स्वास्थ्य सामाग्री लिएर आउने यो अन्तिम उडान हो।

यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य समाग्री जहाजबाट आइसकेको छ। प्रवक्ता पाण्डे भन्छन् – सडकबाट ल्याउने स्वास्थ्य सामाग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने छ।

अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ भने तातोपानी नाकाबाट ५ वटा ट्रक हिडिसकेको छ । खासामा पनि आउने क्रम जारी छ।