भारतबाट नेपाली नागरिक ल्याउने क्रम जारी

भारतबाट नेपाली नागरिक ल्याउने क्रम जारी
बुधबार, जेष्ठ १४, २०७७

वीरगंज। वीरगंजको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका नेपालीहरुलाई फिर्ता गराउने क्रम जारी छ ।

भारतबाट आज बिहान १० बजेसम्म ३ सय ७५ जना नेपाली स्वदेश भित्रिएका छन्। रक्सौलमा मात्र ६ सय नेपाली अलपत्र अवस्थमा थिए ।

नेपाल भित्रनेलाई लिन प्रमुख जिल्ला अधिकारीदेखि मेयर र नेताहरु पनि सीमाको पुलमा पुगेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार, स्थानीय प्रशासनको पहल अनुसार बुधबार बिहानदेखि रक्सौलको विभिन्न क्वारेन्टाइनमा रहेका करिब ६ सय नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउन थालिएको हो ।

रक्सौलका अधिकारीहरुले बुधवारदेखि नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने भारतको माथिल्लो निकायको निर्देशन आएको छ।