संसदको कार्यसूचीबाट एकाएक किन हट्यो संविधान संशोधन विधेक ?

संसदको कार्यसूचीबाट एकाएक किन हट्यो संविधान संशोधन विधेक ?
बुधबार, जेष्ठ १४, २०७७

काठमाडौं-  प्रतिनिधिसभाको कार्यसूचीबाट संविधान संशोधन विधेयक पेस गर्ने कार्यसूची हटेको छ ।

संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले  बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो ।

संविधान संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ। तर, बुधबार याे विषय कार्यसूचीबाट हटाइएको छ। यसको कारणबारे अहिलेसम्म जानकारी गराइएको छैन।